२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

थप ९०२ जनामा कोरोना पुष्टि, २ हजार २८७ डिस्चार्ज



काठमाडौं ।

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  ४ : ३५ बजे