काठमाण्डौ ।देशका विभिन्न ठाउँमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले कोरोना भाइरस समुदायमा फैलिएको जस्तो देखिएको बताउनुभयो भने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लकडाउनपछि बाँकेमा समुदाय स्तरमा सङ्क्रमण बढेको बताउनुभयो । यस्तै पर्साको विरगञ्जमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै निषेधाज्ञा जारी भयो ।…