मायादेवी अनलाइन, चारनम्बर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल कपिलवस्तुको जगदीशपुर तालमा रहेको डुंगा सयर गरेर आनन्द लिनुभएको छ । संसदीय समितिबाट बुद्ध साइटको अध्ययन, भ्रमण र निरिक्षणका लागि जिल्लामा आउनुभएका नेता नेपाल जगदीशपुर ताललाई महत्व दिएर डुंगा चढ्नुभएको हो । दक्षिण एसियाकै सबैभन्दा ठूलो मानवनिर्मित ताल…