५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

सदन खोल्दै कांग्रेसले भन्यो, सरकारलाई नियालीरहेका छौँ

काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म जारी राखेको संसद अवरुद्धलाई स्थगित गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् । अख्तियारको ध्यानाकर्षण गराउन र आगामी…