ढाका । बंगलादेशको ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्ड सुनाएको छ । ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी हमला भएको थियो । हमलामा मारिनेमध्ये १७ जना विदेशी थिए । आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सातजनालाई अदालतले बुधबार मृत्युदण्ड सुनाएको…