काठमाडौँ । सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरेका हुन् । ओलीले भने, ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन् ।…