गुल्मी ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेपछि बुधबार गुल्मीमा पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो त्याग बलिदान र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई समाप्त गर्दै निरंकुश र सर्वसत्तावाद मार्फत मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनीहरुको आरोप छ । संविधानको संरक्षणको दायित्व रहेका राष्ट्रपतिले समेत प्रतिनिधि…