काठमाण्डौँ । काठमाडौं उपत्यकासंगै देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरू भएदेखिकै सबभन्दा कम तापक्रम मापन भएको हो। मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर…