२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

जसले जतिबेला भन्छ, त्यतिबेला बैठक बस्न सकिँदैनः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पक्षले भनेकै समयमा बैठक बस्न नसकिने बताएका छन् ।

एपी वानको टक शोमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जसले जतिबेला भन्छ, त्यतिबेला बैठक बस्न सकिँदैन ।’ पार्टी विवाद चुलिएपछि अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले बैठकका लागि पटक पटक आग्रह गरेका छन् ।

‘बैठकका लागि दुई अध्यक्षबीच कुरा भएर बोलाउने सहमति भएपछि महासचिवले बैठक बोलाउने हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘एजेण्डा तोकेर, कार्यसूचि तयार गरेर,यीरयी विषयमा छलफल गर्ने निश्चित गरिन्छ र बैठक बसिन्छ ।’ कसैले बाटो हिँड्दाहिँड्दै बैठक बोलाउनुस् भनेर बैठक बोलाउने कुरा हुँदैन ।’

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  १० : १५ बजे