पोखरा । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति पोखरामा निधन भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रतिष्ठित उद्योगी समेत हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ ।…