२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मीन विश्वकर्मालाई दिल्ली लैजान सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केहीबेर अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी प्रतिनिधिसभा सदस्य विश्वकर्मालाई एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। ‘मीनलाई हिजोदेखि भेन्टिलेटरमा राखेको…