२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

माओवादीका घर्ती पुथाउत्तरगंगा-२ को वडाध्यक्षमा निर्विरोध



रुकुम पूर्व ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

एमालेका उम्मेवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुकुमपूर्वका संघीय सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए।

‘स्वतन्त्र र एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि हाम्रो वडाध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ,’ उनले भने।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो। यद्यपि, घर्ती निर्विरोध निर्वाचित भएको आयोगले घोषणा गर्न बाँकी छ।

रुकुम पूर्वको पुथा उत्तरगंगामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गर्दै उम्मेदवारी दिएका थिए। जस अनुसार गाउँपालिका उपाध्यक्षमा एमालेकी केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकी थिइन्।

त्यस्तै वडा नं. २ मा पनि एमालेका रोकाले उम्मेदवारी दिएका थिए। त्यसलाई कांग्रेसले सर्मथन गरेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८१ बुधबार ००:००  २ : ४३ बजे