गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एकल उम्मेदवारी दिएको माओवादी केन्द्र फेरि गठबन्धनमा आबद्ध भएको छ । इस्मामा काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल भएको थियो । काँग्रेसले एकीकृत समाजवादीसँग मात्र तालमेल गरेपछि माओवादी केन्द्रले पालिकाका सबै पदमा उम्मेदवारी दियो । काँग्रेसले उम्मेदवारी दर्तापछि माओवादीलाई पनि समेटेर जान तयार हुँदा पाँच…