काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्।आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ। आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्तागठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको दाबी गरेका छन्। ‘आयोगले दलहरूसँग…