२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्ने एमालेको तयारी



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले चुनावी गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफललाई तीव्र बनाउनुभएको छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताउनुभयो । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उहाँले निर्णय भने अझै नभएको जानकारी दिनुभयो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’ बारेमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८ बुधबार ००:००  ८ : १६ बजे