काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ। बिहीवारका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए।…