काठमाडौँ ।नेकपा एकीकृत समाजवादीले विधान संशोधनका लागि ११ बुँदे प्रश्नावली मातहतका कमिटीहरूलाई पठाएको छ । पार्टीको सचिवालय बैठकले ११ बुँदे प्रश्नावली पठाएर तल्ला तहका कमिटीहरुको राय मागेको हो । पार्टीको विधान संशोधनमा महाधिवेशन/अधिवेशन प्रतिनिधि प्रत्यक्षबाट चयन गर्ने कि नगर्ने ? केन्द्रीय संरचना कस्तो बनाउने ? केन्द्रीय कमिटीको संख्या कति बनाउने लगायत प्रश्नावली तल्ला समितिमा पठाएको…