१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

एमालेले विष्णु पन्थीलाई मन्त्री बनाएन्



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) ले लुम्बिनी प्रदेश सरकारमा विष्णु पन्थीलाई मन्त्री नबनाउने भएको छ ।

यसभन्दा अगाडि अढाई महिना प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका पन्थीलाई यो पटक मन्त्रीबाट एमालेले चिप्लाएको छ ।

केन्द्र सरकार, प्रदेश सरकारमा प्राय सबै मन्त्रीलाई दोहोर्‍याएको एमालेले पन्थीलाई मात्र मन्त्री नबनाएको हो ।

एमालेले यो पटक रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, बाँकेका रत्नबहादुर खत्री र अर्घाखाँचीका चेतनारायण आचार्य । आचार्यलाई मन्त्री बनाउने भएको छ ।

कपिलवस्तु क्षेत्र नं. १ को प्रदेश सभा १ बाट निर्वाचित सांसद पन्थी एमालेका पुराना नेता हुन् ।

जनतामाझ लोकप्रिय रहेका पन्थी एमाले नेतृत्वबाट पटक पटक प्रहार खेप्दै आएका छन् ।

हाल पन्थी मातृ शोकमा परेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  १० : ४८ बजे