१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तुका अर्जुन केसी लुम्बिनी प्रदेशको मन्त्री बन्दै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार केसीलाई प्रदेशको वन तथा वातावरण मन्त्री बनाउने तयारी छ ।

केसी कपिलवस्तु क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट निर्वाचित सांसद हुन् ।

०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका केसी ०७९ सालमा पुनः दोस्रो पटक दोहोरिएका थिए ।

लामो समय देखि मन्त्री बन्ने कोसिसमा लागेका उनलाई नेकपा (एमाले) ले यो पटक मन्त्री बनाउने तयारी गरेको छ ।

लुम्बिनीमा मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) बाट जोग बहादुर महरा छन् । उनले विहीबार नै मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीमा छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  १० : ०८ बजे