काठमाडौं ।नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एसमाजवादी दर्ताका लागि सनाखत गर्न सांसदहरू र केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगमा सनाखत गर्न एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका छन्। नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए। नेपालले आफ्नो नाम…