काठमाडौं ।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिनुभयो ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरि सक्नुभएको छ । निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो।
पहिले माधवकुमार नेपाललाई साथ दिएका १० स्थायी कमिटी सदस्य पनि एमालेमै सक्रिय भइसकेका छन् । एमालेले मंसिरमा महाधिवेशन पनि तोकेको छ ।







प्रतिक्रिया