काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन्। विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा आइतबार भेटवार्ता भएको हो। भेटमा भट्टसहित टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा सहभागी थिए। केही दिनदेखि विप्लवले राजनीतिक भेटवार्ता तीब्र बनाएका छन्।यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा…