काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने संकेत गरेका छन् । नेता पन्तले देउवा सरकारलाई विश्वासको मत दिँदैमा सरकारमा जानैपर्छ भन्ने नभएको बताएका छन् । देउवाले संसद्बाट विश्वासको मत लिनु पहिला आइतबार सामाजिक सञ्जालमार्फत पन्तले भनेका छन्, शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन…