काठमाण्डौ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षका सांसदहरुले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए । माधव…