झापा ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन्। विर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताए। ‘नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था एमाले र माओवादी मा फर्किए, सहज रूपमा अब संसद चल्न…