४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छः प्रचण्ड



काठमाण्डौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन्। त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ।

बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले भने, ‘जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ।’

उनले संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने बताए। दलित, मधेशी, आदिवासी जनजाति, मुश्लिम लगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने शंका पनि गरेका छन्।प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने पनि बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०७७ शुक्रबार ००:००  १ : ०१ बजे