२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

एमालेमा माधव समुहको चैत पहिलो सातामा राष्ट्रिय भेला, आज केन्द्रीय कमिटी बैठक



काठमाण्डौँ ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ।

शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

आजकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको हो।

प्रकाशित मिति : २९ फाल्गुन २०७७ शनिबार ००:००  ६ : १४ बजे