काठमाडौं । महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गर्न लागेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गर्न लागेका हुन्। प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए। उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुग्ने…