१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रधानमन्त्रीलाई योगेशको जवाफ, तपाईको स्तर थाहा भयो

काठमाडौं ।नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धोका दिएर लात्ताले हानेको भन्दै व्यंग्य गरेपछि उनले जवाफ फर्काएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो’ भन्दै व्यङ्ग्य गरेका थिए । तर उनले योगेश भट्टराईको नाम लिएका थिएनन् ।…