२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

काठमाडौँको विभिन्‍न ९ स्थानबाट प्रचण्ड-माधव समूहको प्रदर्शन



काठमाडौँ ।
संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल खेमाले शुक्रबार काठमाडौँमा फेरि विशाल प्रदर्शन गरेको छ। अनेरास्ववियूसहित त्रिचन्द्र कलेज अगाडिबाट निकालिएको प्रदर्शनलाई देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले नेतृत्व गरेका छन्।
यता, माइतीघरको जुलुसमा केन्द्रीय सदस्यहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेताहरु सहभागी हुनेछन् भने डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले सम्हाल्नेछन्।
यस्तै लैनचौरबाट निस्किने जुलुसमा भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले नेतृत्व गर्नेछन् भने त्रिपुरेश्वरबाट देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले अगुवाइ गरेका छन्।

यसका साथै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहेका छन्।
यस्तै घनश्याम भुसाल र जनार्दन शर्मा प्रदर्शनी मार्गको जुलुसमा रहने छन् भने नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा निकालेका छन्।

यस्तै विभिन्‍न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्‍य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्‍नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ।
भृकुटीमण्डपमा हुने विशाल विरोधसभामा नेकपाका अध्‍यक्ष तथा केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन्।

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  १ : ०६ बजे