११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रधानमन्त्रीले गएको चैतदेखि मासिक तलब खाएका छैनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक नलिएको उनको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो जनाएका हुन् । कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने पहिले नै घोषणा गरेको स्मरण गराउँदै उनले भनेका छन्, ‘मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको…