३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सानो नक्सामा लिम्पियाधुराको चुच्चो भाग नदेखिएको होः प्रधानमन्त्री कार्यालय



काठमाडोँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको दसैँको शुभकामना कार्डमा अंकित नेपालको नक्सामा लिम्पियाधुरासहितको भाग नदेखिएको भन्ने आरोप प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कुरा गर्दै उक्त नक्सा सानो आकारको भएकाले लिम्पियाधुराको चुच्चो भाग नदेखिएको तर त्यो नराख्ने नियत नभएको बताए।

‘सारै सानो नक्सा भएकोले चुच्चो भाग नदेखिएको हो तर लिम्यिपाधुरा हटाइएको होइन’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान दसैँको शुभकामना सन्देश जारी गरेका थिए।

उनले शुभकामनाका लागि प्रयोग गरेको कार्डमा अंकित नेपालको निशानछापमा लिम्पियाधुराबिनाकै नक्सा प्रयोग भएको भन्दै आलोचना भइरहेको छ।

प्रमुख विपक्षी नेपाली कांग्रेससँगै सामाजिक सञ्जालका प्रयोगकर्ताले यसप्रति चर्को आलोचना गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  १ : ०२ बजे