भट्टराई दम्पतिलाई कोरोना, अहिले होम आइसोलेसनमा


काठमाण्डौँ ।

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डाबाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन ।

‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं’

पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौंको संख्यामा कार्यकर्ता भेला गरेको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस