काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । ‘मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ,’ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीको मूल्याङ्कन विवरण छिटो…