१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कांग्रेसको संकल्प प्रस्ताव दर्ता



काठमाडौं ।
चीनले अतिक्रमणमा गरेको नेपाली भूभागको सत्यतथ्य जानकारी गराउन नेपाली कांग्रेसले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । वास्तविक अतिक्रमणमा परेको भूभाग र स्थानीय गाउँबारे जानकारी गराउन सरकारसँग माग गर्दै संकल्प प्रस्ताव पेस भएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत सदनलाई यथार्थ जानकारी गराउन माग गर्दै कांग्रेस सांसद देवेन्द्रराज कंडेल, सञ्जय गौतम र सत्यनारायण शर्मा खनालले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ । गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपाल भित्र सारेकोे, उत्तरी गोरखाको रुइ गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधरी चीनको स्वसाशित क्षेत्र तिब्बतमा पर्न गएको जनाइएको छ ।

त्यस्तै भारतले अतिक्रमण गरेको दार्चुलास्थित ‘जीउजीउ’ स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेको कांग्रेसले जनाएको छ । दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टर भन्दा बढी भूभाग चीनले अतिक्रमण गरेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ८ : ३९ बजे