बुटवल । प्रदेश ५ को प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खानले भने, ‘‘हामी अझै निरन्तर छलफलमा छौँ । ’’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि…