एजेन्सी । पाकिस्तान सरकारले इस्लामिक समूहसामु झुक्नुपरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न रमजानको महिनामा पाकिस्तानले मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो । तर, अन्तिम समयमा आएर सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको छ । यसै साता विश्वभर रमजानको महिना सुरु हुँदै छ । रमजानको महिनमा बेलुकी विश्वभरका मुसलमान मस्जिदमा एकसाथ नमाज पढ्ने गर्छन्…