२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बालुवाटारमा बास्कोटाविरुद्ध प्रदर्शन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ । साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरे । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे । घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने…