२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान



काठमाडौं ।
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् । सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्‍न मुद्दामा पक्राउ गरिरहेको छ। एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ६ : २४ बजे