२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कारागारलाई सुधार केन्द्रको रुपमा बिकास गरिन्छः कानुन मन्त्री केसी



तिलोत्तमा ।
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अहिलेका कारागारलाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ ।
कारागार ब्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय समन्वय गोष्ठीको आज तिलोत्तमाको डइभरटोल स्थित एसआर होटलमा उद्घाटन गर्दै उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएपनि अव कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गरीने बताउनु भयो । मन्त्री केसीले सवै प्रकारका बन्दीलाई एकै स्थानमा राख्नु गलत भएकोले अव प्रकृति वा अपराधका हिसावले बर्गीकरण गरेर राख्ने ब्यबस्था छिट्रटै मिलाईने बताउनु भयो । बन्दी गरीएका कैदी हरुलाई मानविय ब्यबहार गर्न सिपमुलक तालिम प्रदान गरेर कैेदी हरुलाई सुर्धान समेत आग्रह गर्नु भयो।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरी प्रसाद मैनाली सबै प्रदेशका सझा समस्या रहेको बताउनु भएको छ । उहाले भन्नुभयो समस्या धेरै छन्, कर्मचारीको अभाव छ,अत्यन्त जिर्ण भवन भवन ढल छैन पर्खाल छैन नयाँ कार्यालय बनाउने योजना छ । कम लागलमा राम्रो पनि बनाउन सकिन्छ । प्रयासरत छौ अव बनाउ छौ ।
महानिर्देशक मैनालिले अहिले देशभरका कारागारको क्षमता १५ हजार रहेपनि त्यो भन्दा ७ हजार बढी कैदी कारगारमा रहेकाले व्यवस्थापन गर्न केही कठिन भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश पाचका सबै जिल्लाका जेलर हरुको सहभागीता रहेको थियो । जेलर हरुले आप्ना समस्या राखेका थिए । कार्यक्रममा कारागार ब्यवस्थापन विभागका निर्देशक सुनिल खनाल,रुपन्देहिका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी अभावका विच काम गर्दा समस्या भएको बताउनु भयो । कारागार व्यबस्थापन विभागका शाखा अधिकृत सन्तोष लामिछानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ८ : ०८ बजे