बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताको शिर उच्च बनाउन मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिएको बताउनुभएको छ । नेपालगञ्जमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यात्राले नेपालको सनातन हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा र समग्र विकासका लागि जनतालाई जागृत बनाएको जिकिर गर्नुभयो । “राष्ट्रप्रतिको स्वाभिमानमा कमी आउनु हुँदैन,…