३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

ने क पा का अध्यक्षद्वय ओली र दाहाल बुटवल आउँदै, विरामी ओली आउँन सक्लान ?



बुटवल ।

नेपाल कम्युनिष्ट पाटी (ने क पा) का अध्यक्षद्वय रुपन्देहीको बुटवल आउँदै छन । नेकपाको आयोजनामा कार्तिक १७ गते शनिवार बुटवलमा सन्देशसभा तथा शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्न अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बुटवल आउने भएका हुन । प्रधानमन्त्री समेत रहेका ओली विरामी परेको कारण अस्पतालमै छन । यद्यपि बुटवलको कार्यक्रममा भने ओली आउने कार्यक्रम तय भएको छ ।

कार्यक्रम कार्तिक १७ गते बुटवल मेला स्थल बुटवल मण्डपमा हुने छ । कार्यक्रमको तयारी तिब्र पारिएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि नेकपाले जानकारी दिएको छ ।

रुपन्देहीका १६ वटै स्थानीय तहमा समिति गठन गरी नेकपाले प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्न निर्देशन दिएको छ ।

सो कार्यक्रममा अध्यक्षद्वय ओली र प्रचण्ड ,महासचिव एवं रुपन्देहीक्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले मुलकको समसामयिक राजनिति र पार्टी नेतृत्वका र सरकारको बारेमा जानकारी दिइने छ ।

नेकपाले बिजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा सो कार्यक्रम गर्न लागेको पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । सुवेदीले रुपन्देही जिल्लाका स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाहरुबाट करिव ४० हजार गरी करिव १ लाखको सहभागिता रहनेछ ।

नेकपाका नेता तथा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गरे । नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभाका सदस्य दधिराम शर्माले पार्टी अध्यक्षद्धय नै कार्यक्रममा सहभागि हुने भएकाले कुनै भ्रममा नपर्न अनुरोध गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  १ : ३१ बजे