मायादेवी अनलाइन, पोखरा । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो । प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए ।…