काठमाडौं, ३ माघ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन लागि प्रदेशबाट सिफारिस पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा…