हरि आचार्य, कपिलबस्तु । शुल्क आतंक बन्द गराउन, अटेरी गर्नेलाई कारबाही गर्न र सार्बजनिक शिक्षाको गुणस्तरीयता र विश्वसनियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्वाहको लागि अनेरास्ववियु कपिलबस्तुले बुद्धभूमि नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउने यो क्रम आइतबार र सोमबार पनि जिल्लाका स्थानीय तहहरुमा जारी रहने अनेरास्ववियु जिल्ला अध्यक्ष बाबुराम अर्यालले बताएका छन् ।…