काठमाण्डौं, ८ पुस । निर्वाचनको जनादेशलाई बेवास्ता गर्दै कांग्रेसले सत्ता हस्तान्तरण गर्न नचाहेको निष्कर्ष एमालेले निकालेको छ । सत्ता लम्ब्याईनरहन जसले राष्ट्रिय सभा गठबसम्बन्धी अध्यादेशको विवाद सिर्जना गरेको र निर्वाचन आयोगसमेतलाई परिणाम घोषणा नगर्न धम्काईरहेको उसको ठहर छ । निर्वाचनपछि पहिलो पटक शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले जनादेशको ख्याल गरेर छिटो नयाँ सरकार गठन…