२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

रास्वपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन्…