तुलसीपुर ।राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवन उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताउनुभयो । राष्ट्रपति भण्डारी आयुर्वेद स्नातक उत्पादन भएका जनशक्तिले देशको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो…