२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

राप्रपाले छाड्यो सरकार, सबै मन्त्रीले बुझाए राजीनामा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।…