काठमाडौँ ।राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो । उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव…