चन्द्रकान्त न्यौपाने, वाणगंगा । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटवलमा एपिएफले दोश्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ । विहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले कर्णाली प्रदेशको पोष्टमा २३ गोलको बर्षा नै गरेको हो । एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन्…